निर्माण ब्यवसायीद्वारा आन्दोलनका कार्यक्रम सार्बजनिक

२२ जेष्ठ २०७६, बुधबार १२:०७ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । नेपाल निर्माण ब्यवसायी महासंघले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । सार्बजनिक खरिद नियमावली छैठौ संशोधनको केहि बुंदामा बिरोध जनाउदै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । महासंघले नियमावलीका केहि बुँदा संशोधन गर्नु पर्ने र केहिलाई खारेज गर्नु पर्ने माग राखेको छ ।

महासंघको बुधबार काठमाडौँमा भएको राष्ट्रिय भेलाले संघर्षका कार्यक्रम तय गरेको हो । महासंघले ज्ञापन पत्र बुझाउने, टेण्डर बहिस्कार गर्ने, इजाजत पत्र सरकारलाई बुझाउने, कालोपट्टि बाधेर काम गर्ने, धर्ना, र्याली प्रदर्शन गर्ने र साउन १ गतेदेखि निर्माणका सम्पूर्ण काम ठप्प पार्ने कार्यक्रम सार्बजनिक गरेको हो ।

महासंघका अध्यक्ष रवी सिंहले अझै पनि केहि व्यवसायीले टेण्डर हालेको बताउदै सबैलाई टेन्डर बहिस्कार गरी आन्दोलनमा साथ दिन आग्रह गरेका छन् । नियमावली संशोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारि राखिने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

आजको प्रमुख समाचार