बिजुक्छेद्वारा राष्ट्रपति शासनको माग

२० श्रावण २०६९, शनिबार १७:२४ मा प्रकाशित

बुटवल, २० साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुक आर्थिक–सामाजिक रूपले असफल हुँदै गइरहेको अवस्थामा समयमै मुलुकको निकास ननिकाले विदेशी हस्तक्षेप झन् बढेर जाने बताएका छन् ।
पार्टीको रूपन्देही जिल्ला समितिले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले मुलुकको वर्तमान राजनीतिक सङ्कट निकासका लागि दलहरूबीचको एकता हुने सम्भावना नदेखिएकाले अब राष्ट्रपति शासन मात्र उपर्युक्त विकल्प भएको बताएका हुन् ।
दलहरूबीचको सहमति र राष्ट्रपति शासनमध्येका दुई विकल्पमध्ये राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प रहेको दाबी गरे । उनले दलहरूबीच सहमति नबनेको अवस्थामा प्रत्यक्ष शासनका लागि आफूले राष्ट्रपतिलाई सुझाव दिइसकेको बताउँदै भोलि राष्ट्रपतिले बोलाएको दलहरूबीचको बैठकमा पनि यस विषयमा छलफल हुने जानकारी गराए । सरकारविरुद्ध प्रतिपक्षी दलहरूले गरेको आन्दोलन कमजोर र फितलो भएकाले यस्तो आन्दोलनले भट्टराई सरकार नछाड्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई बालुवाटारबाट निस्कन नदिने गरी आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने विजुकछेको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको