प्रदिप गिरि भन्छन्, ‘एउटा शब्द फेर्दिनोस् मलाई बजेट मान्य हुन्छ’

२१ जेष्ठ २०७६, मंगलवार १४:३५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ जेठ । नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिले बजेटमा एउटा शब्द परिवर्तन भए बजेट आफूलाई मान्य हुने भएका छन् । प्रतिनिधिसभामा बजेट बारेको छलफलमा नेता गिरिले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा शहरको सट्टा गाउँ शब्द प्रयो गर्न आग्रह गरेका छन् ।

‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरुप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासतर्फ कार्यक्रम प्रस्ताव गरेको छुु’ अर्थमन्त्री खतिवडाले बजेट भाषणमा भनेका थिए । सांसद गिरिले सो बुँदाको शहर शब्दको ठाउँमा गाउँ शब्द राख्न माग गरेका छन् ।

‘म सरकारलाई भन्न चाहन्छु, यस पङ्तीमा एउटा शब्द फेरिदिने हो भने यो बजेट मलाई पूर्णतया स्वीकार छ, उनले भने, ‘आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त ? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? यसलाई तपाईंले लेख्न सक्नुहुन्छ, आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ बनाएर । गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ?

‘मेरो बिन्ती छ, प्रार्थना छ, सहरलाई गाउँ गरिदिनुस्, उनले भने, सारा बजेटको रुपरेखा र स्वरुप बदलिन्छ । आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, त्यसबाट सहर, त्यसपछि फोहोर काठमाडौं । त्यसपछि विदेश, अमेरिका यही हो नेपालको नियती रु यही गर्न हामीले चालीस पचास वर्ष अगाडि देश बनाउने कसम खाएका थियौँ ?’

‘सहरलाई कति चाहियो ?’ उनले भने, ‘गाडी पुगेन कि, कलेज पुगेन कि, अस्पताल पुगेन कि, काठमाडौंकै जोड्नुस् त प्रतिव्यक्ति कति छ ?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको