महेश बस्नेतको माग– कुलमानलाई अख्तियार लगाऔं

२१ जेष्ठ २०७६, मंगलवार १३:३८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका नेता बस्नेतले सार्वजनिक लेखा समिति समक्ष पनि घिसिङमाथि छानबिन गर्न माग गरेका छन् ।

मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा नेता बस्नेतले प्राधिकरणले ९ अर्ब बढी बक्यौता उठान नसकेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सांसदमाथि नै जाइलाग्ने खालको उत्तर दिएको भन्दै घिसिङलाई छानबिन गर्न माग गरे ।

बस्नेतले भने ‘कुलमानजीले मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । तर मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३