भारतीय रियालिटी शो ‘सारेगमप’को फाइनलमा २ नेपाली बालक

२१ जेष्ठ २०७६, मंगलवार १०:३७ मा प्रकाशित

काठमाडौँ, २१ जेठ । नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन् ।

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। सेमिफाइनलमा नौ जना सहभागी थिए।

उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रशारण हुँदै आएको छ। गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ। उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्। फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुने छ।

आइतवार भएको सेमिफाइनलको प्रतिस्पर्धाको प्रस्तुतिमा केसी र आचार्यले शत प्रतिशत अङ्क पाए। त्यतिमात्र होइन कार्यक्रमका निर्णायकहरूले उनीहरू दुवै जनालाई जुरुक्कै बोकेका थिए। प्रीतम आचार्यको प्रस्तुति हेरिसकेपछि बलिउड सङ्गीतकार आनन्दराज आनन्दले ुस्मरणयोग्य प्रस्तुतिु भन्दै प्रोत्साहन दिएका थिए। दुई साताअघिको प्रस्तुतिमा अभिनेता सलमान खानले प्रीतम आचार्यलाई ूतिमीले नेपालले गर्व गर्ने काम गरिरहेका छौू भनेर प्रतिक्रिया दिएका थिए। आयुष केसीले गीत गाएपछि निर्णायक मण्डल ुग्र्यान्ड ज्युरीुका प्रायः सबै सदस्यले उनलाई जुरुक्कै बोकेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ