नेवि संघमा विवाद बल्झियो

२० श्रावण २०६९, शनिबार १७:०७ मा प्रकाशित


काठमाडौं, २० साउन । महाधिवेशन घोषणासंगै कांग्रेस भातृसंगठन नेवि संघको विवाद फेरि बल्झिएको छ । संस्थापन पक्षले एकलौटी निर्णय गर्दै महाधिवेशनको तिथि घोषणा गरेको भन्दै असन्तुष्ट पक्षलेसमेत राजधानीमा आज पत्रकार सम्मेलन गरी आगामी पुसमा वीरगञ्जमा छुट्टै महाधिवेशन गर्ने जनाएको हो । असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले संस्थापन पक्षले एकलौटी ढंगले संगठन कब्जाको रणनीति लिएपछि बाध्य भएर आगामी पुस १६ देखि १८ गतेसम्म वीरगञ्जमा महाधिवेशन गर्ने निर्णय गरिएको बताए । यसअघि संस्थापन पक्षले आगामी पुस २५ देखि २७ गतेसम्म एघारौं महाधिवेशन गर्ने घोषणा गरेको थियो ।
केन्द्रीय सदस्य शाहले पार्टीको विद्यार्थी फांट हेर्ने जिम्मेवारी पाएका कांग्रेस नेता नवीन्द्रराज जोशीसंग पछिल्लो पटक भएको छलफलमा सहमतिबाटै सबै काम गर्ने सहमति भएको भए पनि संस्थापन पक्षले मनोमानीपूर्ण व्यवहार गरेको जनाए । उहांले महाधिवेशनअघि शैक्षिक र राजनीतिक अवस्थाको सुदृढिकरणका लागि अभियान थालिने जानकारी पनि दिए । आफ्नो अभियान शैक्षिक सुधारका लागि चाल्ने अभियान संविधानसभा पुनस्र्थापन र जातीय राज्यविरुद्धको हुने उनको कथन थियो । १२१ जना केन्द्रीय सदस्य रहेको नेवि संघमा विवाद सुरु भएपछि केही समययता केन्द्रीय बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल