विप्लव समूहले भन्योः ‘हामीले प्रहरी चौकी आक्रमण गरेका छैनौ’ (विज्ञप्तिसहित)

२० जेष्ठ २०७६, सोमबार १८:५० मा प्रकाशित

काठमाडौँ, २० जेठ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको बेला उक्त समूहले भने आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको विप्लवको दाबी छ ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड)ले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको लेखिएको छ । ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै पनि नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप यस्तो समाचार ल्याएको प्रस्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

छेस्काममा आक्रमणको प्रयास भएको भन्दै सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ । आइतबार राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चार प्रहरीले भागेर ज्यान जोगाएको प्रहरीले बताउँदै आएको छ ।

प्रहरी चौकी आक्रमणको प्रयास भएको समाचार आएपछि विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी हेलिकोप्टरबाट छेस्काम पुगेका छन् ।

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१