मेलामा ड्युटी गएका प्रहरी मृत अवस्थामा

२० श्रावण २०६९, शनिबार १७:०५ मा प्रकाशित

फेलाबाग्लुङ, २० साउन । बाग्लुङको ढोरपाटन प्रहरी चौकीका इन्चार्ज नरबहादुर क्षेत्री आज मृत फेलापरेका छन् । २ दिनदेखि सम्पर्कविहीन भएका उनको शव नजिकैको ढोरखोलामा आज भेटिएको हो । पर्वत घर भएका क्षेत्री केही महिनादेखि सो चौकीको इन्चार्ज थिए । जनै पूर्णिमाको अवसरमा साउन १७ गते सुरु भएको मेलामा ड्युटी गर्न गएका उनी नफर्केपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रहरीले उनीसंगै ड्युटीमा रहेका प्रहरी जवान खेमनारायण पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । घटनास्थल बाग्लुङको सदरमुकामबाट तीन दिनको दूरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ