५० भन्दा बढी स्पिडमा गाडी चलाए कारबाही

२० जेष्ठ २०७६, सोमबार १६:४६ मा प्रकाशित

काठमाडौँ, २० जेठ । कलङ्की–कोटेश्वर सडकखण्डमा सवारी साधनको गति सिमा तोकिएको छ । चक्रपथ अन्तर्गत पर्ने यो सडकखण्डमा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरीले सवारीको गति निर्धारण गरेको हो ।

ट्राफिक प्रहरीले जेठ २० गतेदेखि लागु हुने गरि गति सिमा निर्धारण गरेको हो । नयाँ व्यवस्था अनुसार मुख्य लेनमा प्रति घण्टा ५० किलोमिटर र सर्भिस लेनमा प्रति घण्टा २० किलोमिटर गतिमा मात्रै सवारी चलाउन पाईने भएको छ । निर्धारण गरिएको व्यवस्थाभन्दा द्रुत गतिमा सवारी हाँके सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ को उपदफा ६ अनुसार कारबाही गरिने जनाईएको छ ।
यस्तो छ सूचनाः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर