प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ३ सेमिफाइनलमा प्रवेश

२० जेष्ठ २०७६, सोमबार १६:२६ मा प्रकाशित

काठमाडौं, २० जेठ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सूदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको कप्तानिमा रहेको प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनाएको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सूदुरपश्चिम प्रदेशले दिएको १ सय ५५ रनको लक्ष्य प्रदेश ३ ले ३२ ओभर २ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । प्रदेश ३ का लागि इशान पाण्डेले ८४ बलमा ६ चौकाको सहयोगमा ५३ रन बनाए । आदिल खानले ३३ रन जोड्दा कप्तान पारस खड्का २६, रविन जोशी १३, जितेन्द्र ठकुरी १२ र रित गौतमले ११ रनको योगदान गरे ।

सूदुरपश्चिम प्रदेशका महेश अधिकारी, विनोद लामा, शेर मल्ल र विकाश अगरीले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सूदुरपश्चिम प्रदेशले ४५ ओभर १ बलमा १ सय ५४ रन बनाउँदै आउट भएको थियो । सूदुरपश्चिम प्रदेशका लागि खड्का बोहोराले ४० रन, रोशन अधिकारीले २७ रन, नरेश बोहोराले २६ र कप्तान शेर मल्लले १४ रन जोडे ।

प्रदेश ३ का सुर्य तामाङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्रतिस जिसी र जितेन्द्र ठकुरीले समान दुई–दुई विकेट लिदा नन्दन यादव र कप्तान पारस खड्काले समान एक एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२