कोरियाली विश्वविद्यालयबाट प्रधानमन्त्रीले विद्यावारिधि उपाधि लिनु गलतः भिम रावल

२० जेष्ठ २०७६, सोमबार १५:२३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० जेठ । केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेकोप्रति सत्तारुढ दल नेकपाका नेता भिम रावलले आपत्ति जनाएका छन् । उनले सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै कडा आलोचना गरे ।

उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।

नेता रावलले अमेरिकी राजदूत र्याण्डी बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित रहेको भन्दै सरकारलाई रोक्न आग्रह गरेका छन् । राजदुत र्याण्डीले खुलेयाम कूटनीतिक मर्यादा विपरितका गतिविधि देखाउँदै हिडेपनि सरकारले रोक्न नसकेको भन्दै उनले आलोचना समेत गरेका छन् ।

अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ । सोमबार प्रतिनिधिसभा बैठकमा नेता रावलले भियना अभिसन्धि विपरित अमेरिकी राजदूत बेरीले सो कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी