जिपिआरएस चलाउने आठ गुणाले बढे

१ चैत्र २०६८, बुधबार ०९:०२ मा प्रकाशित


काठमाडौ, १ चैत । मोबाइलबाट इन्टरनेट (जिपिआरएस) चलाउनेको संख्या दुई वर्षको अवधिमा उच्च दरले बढेको छ । यस अवधिमा मोबाइल प्रयोगकर्ताको संख्यामा भएको उच्च वृद्धिका कारण जिपिआरएस चलाउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो ।
यस्तै जिपिआरएस शुल्कमा आएको कटौती, मोबाइल सेटको घटेको मूल्य, बढ्दो प्रतिस्पर्धाका साथै सामाजिक सञ्जालप्रति बढेको युवा रुचिले पनि जिपिआरएस चलाउनेको संख्यामा बढाउन सघाएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वर्षअघि (२०६६ पुस) सम्म ५ लाख जिपिआरएस प्रयोगकर्ता थिए । गत पुसमा ३७ लाख २० हजार पुगेको छ । यो वृद्धि निरन्तर कायम छ । तर जिपिआरएस चलाउनेको संख्या कुल मोबाइल प्रयोगकर्ताको संख्याभन्दा धेरै कम हो । हाल नेपालमा १ करोड ३६ लाख मोबाइल प्रयोगकर्ता छन् ।
नेपालका डाटा -इन्टरनेट) प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा पनि जिपिआरएस प्रयोगकर्ता रहेको छ । प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको कुल संख्यामा जिपिआरएको हिस्सा ९२ प्रतिशत छ ।
पुसमा प्राधिकरणद्वारा प्रकाशित तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या ४० लाख ४७ हजार छ । इन्टरनेट घनत्व १५ दशमलव २० प्रतिशत छ ।
‘मोबाइल लिएपछि त्यसैबाट इन्टरनेट चलाउन मिल्ने भएकाले यसको विस्तार उच्च भएको हो । यस अवधिमा केबल इन्टरनेट र अन्य प्रकारका वायरलेस इन्टरनेट सेवाको विस्तार भने सुस्त रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा