इन्धन बोक्ने ट्याङ्करको जाँच गरिने

२० जेष्ठ २०७६, सोमबार १४:०० मा प्रकाशित

काठमाडौँ, २० जेठ । नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गरिने भएको छ । गुणस्तर तथा नापतौल विभागले डिलरहरुमा निगमबाट तोकिएभन्दा कम मात्रामा तेल पुग्ने गरेको गुनासो आएपछि ट्याङ्कर जाँच गर्न लागेको हो ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न परिपत्र गरेको छ । निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद छ । निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो व्यावसायीहरुले गर्दै आएका छन् ।

भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ । हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्नुपर्ने नियम भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले यो नियम पालना गरेका छैनन् । भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन अगाडि बढाइएको बिभागका निर्देशक विश्वबावु पुडासैनीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार