प्रधानमन्त्रीप्रतिको आक्रोश अब राष्ट्रपतितर्फ

२० श्रावण २०६९, शनिबार १७:०३ मा प्रकाशित

 

काठमाडौं, २० साउन । सरकार तथा प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउंदै आएका विपक्षी दलका शीर्ष नेतृत्वले केही दिनयता राष्ट्रपतिमाथि आफ्नो असन्तुष्टि पोख्न थालेका छन् । बाबुराम भट्टराई ढुक्कसंग प्रधानमन्त्रीको कुर्सीमा टिकीरहनुमा राष्ट्रपतिको भूमिकालाई पनि उनीहरुले जिम्मेवार ठहर्याउन थालेका हुन् ।
यसरी राष्ट्रपतिमाथि असन्तुष्टि पोख्ने क्रमलाई नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पोखरामा आयोजित जिल्लासचिवहरुको भेलामा पनि निरन्तरता दिनुभयो । पोखरामा आज सुरु भएको काङ्ग्रेस जिल्लासचिवहरुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै कोइरालाले ंमुलुकमा संवैधानिक र कानूनी जटिलता बढ्दै गएको तर राष्ट्रपति भने चुप लागेर बसेको आरोप लगाउनुभयो । यस्तो अवस्थामा राष्ट्रपतिले संविधानको व्याख्या मात्र गरेर बस्न नहुने उहांको कथन थियो । सभापति कोइरालाले संविधानलाई नाघेर सरकार अधिनायकवादी शैलीले अघि बढेको बताउनुभयो ।
कांग्रेसले पार्टीका जिल्ला सचिवलाई सूचना–प्रविधिलगायतका विषयमा प्रशिक्षण दिन भेला बोलाएको हो । संचार संरचना र कार्यालय संचालनमा सुधार ल्याउन व्यवस्थापन विधि तथा प्रविधिसम्बन्धी प्रशिक्षण दिन लागिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री