सोलुखुम्बुमा विप्लवद्धारा प्रहरी चौकी आक्रमणको प्रयास

२० जेष्ठ २०७६, सोमबार १३:४७ मा प्रकाशित

सोलुखुम्बु, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको छ । आइतबार राती राति १२ बजे विप्लवका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकी आक्रमणका पुगेका थिए ।

तर आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको छ । चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । केही दिनअघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले त्यहाँ उच्च सतर्कता अपनाएको थियो ।

प्रहरीले आफूले चाहेको भए विप्लव पक्षको ठूलो क्षति हुने भएपनि सतर्कता अपनाईएको बताएको छ । घटना भएको ठाउँ जिल्ला सदरमुकाम सल्लेरीबाट २५ कोश टाढा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको