विश्वकप क्रिकेटमा बंगलादेशद्धारा दक्षिण अफ्रिका पराजित

२० जेष्ठ २०७६, सोमबार १०:१२ मा प्रकाशित

इङ्ल्याण्ड, २० जेठ । विश्वकप क्रिकेटमा बंगालदेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले बिजयी सुरुवात गरेको हो।

दी ओभलमा भएको खेलमा बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९ रनमै सिमित रह्यो। दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । एडेम मार्करमले र जेपी डुमिनिले समान ४५–४५, रस्सी भान डर डुसन ४१, डेविड मिलर ३८, क्विन्टन डि कक्का २३ र क्रिस मोरिसले १० रनको योगदान गरे ।

त्यस्तै बलिङतर्फ बंगलादेशका लागि मुश्फिकर रहिमले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमम्द शैफुदिनले दुई विकेट लिँदा मेहिदी हसन र साकिब अल हसनले समान एक–एक विकेट लिए ।

तर हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनायो। बंगलादेशका लागि मुस्ताफिकुर रहमानले अर्धशतक र साकिब अल हसनले अर्धशतकीय पारी खेले । ८० बल खेलेका मुस्ताफिकुरले ८ चौकाको सहयोगमा ७८ रन पूरा गरे । त्यस्तै ८४ बल खेलेका साकिबले ८ चौका र १ छक्काको सहयोगमा ७५ रन बनाए ।

बंगलादेशको विशाल लक्ष्य बनाउन महमदुल्लाहले ४६ रन जोड्दा सौम्य सरकार ४२, मोसद्देक हुसैन २६, मोहमद मिथुन २१ र तामिम इकबालले १६ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एण्डिले फेह्लुक्वायाले समान दुई–दुई विकेट लिए।

जारी विश्वकपमा आफ्नो जितसंगै बंगालदेश पाँचौं स्थानमा अटेको छ भने दक्षिण अफ्रिका अप्ठ्यारोमा परेको छ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसंग पराजित भएको अफ्रिकाको यो लगातार दोस्रो पराजय हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल