हावाहुरीका कारण बालिकाको मृत्यु

२० जेष्ठ २०७६, सोमबार १०:१० मा प्रकाशित

नवपरासी, २० जेठ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अञ्जली यादवको मृत्यु भएको हो ।

हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर लालन यादवकी छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले जस्तापाता उडाउँदा अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ का करीब ८० घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत