लगानी बोर्डका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

२० जेष्ठ २०७६, सोमबार १०:०६ मा प्रकाशित

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका निर्णय समयमै कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न ३८औँ बैठकमा बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोर्डका निर्णयहरु छिटोछरितो ढङ्गले कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

बोर्डले एकपछि अर्को विकासका योजना ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले बोर्डलाई काम गर्न कुनै अवरोध भएमा त्यसलाई हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री ओलीले भने, “आवश्यक भए ऐन कानून संशोधन गर्नुहोस् वा जनशक्ति थप गर्नुहोस् तर बोर्डले काम नियमित रुपमा गर्नुपर्छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।