बाढीको चपेटामा बाँकेका गाउँहरु

२० श्रावण २०६९, शनिबार १६:१८ मा प्रकाशित

नेपालगन्ज, २० साउन । लगातार पारेको वर्षाका कारण अत्याधिक बाढी आउदा बाँकेका गाउहरु डुवानको चपेटामा परेका छन् । बाढीका कारण होलिया र बेतहनीका २ सय २३ परिवारलाई सुरक्षित स्थानमा बस्न लगाईएको प्रहरीले जनाएको छ ।
राप्ती नदिको बाढीमा बगेका दाउरा संकलन गर्न खोज्दा शनिबार बिहान बेतहनी(४ का ३४ बर्षीय भोला खटिकलाई नदिले बगाएको छ । उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए ।
भारतीय लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण अत्याधिक डुबान भएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलले सीमावर्ती भारतीय अधिकारीहरुलाई टेलिफोन गरी बाँधको १४ वटै ढोका खोल्न लगाएका छन् । डुबानग्रस्त क्षेत्रमा अहिले रेडक्रसकर्मी, विपद व्यवस्थापन समन्वय समिति र सेनाका टोलीहरु उद्दार सहयोगमा सक्रिय छन् ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी पोखरेल र सेनाको चार बाहिनीपति अशोक नरसिंह राणासहितको सुरक्षा अधिकारीहरुले डुबानग्रस्त क्षेत्रको हवाई निरीक्षण गरेका छन् । हवाई निरीक्षणबाट फर्केका प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढी र डुबानले बाँकेका दक्षिणपूर्वी गाउँहरु अस्तव्यस्त भए पनि तत्काल उद्दार  तथा पुनःस्र्थापन गर्नुपर्ने स्थिती नरहेको बताए । मध्यपश्चिमको प्रमुख सहर नेपालगन्ज पनि बर्षाले जलमग्न भएको छ । नगरका न्यूरोड, बेलासपुर, भृकुटीनगर, गणेशपुर, रामबाग, सल्यानीबाग, घरबारीटोल डुबानमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई