धोबीघाटमा डरलाग्दो दुर्घटना, दुई जनाको मृत्यु

१९ जेष्ठ २०७६, आईतवार १८:०३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ जेठ । ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा  नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मारहेका छन् । दुर्घटनामा परेका घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् ।

दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ ।

प्रहरीकाअनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।