त्रिभुवन विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

१९ जेष्ठ २०७६, आईतवार १६:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ जेठ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ पार्किङ वे निर्माण भएको छ । ठूला जहाज पार्किङ गर्न मिल्ने गरी विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा पार्किङ वे बनाइएको हो ।

‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गर्न सकिने बताईएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बुधबारबाट यी दुई पार्किङ क्षेत्र संचालनमा आउँदैछन् । योसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ । अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज र ६ वटामा न्यारोबडी जहाज राख्न मिल्छ ।

बिमानस्थलले ४७ करोड लागतमा ‘रिमोट पार्किङ वे’ निर्माण गरिएको जनाएको छ । दक्षिणपूर्वी क्षेत्रमा पनि नयाँ पार्किङ वे को काम भईरहेको छ । बन्दै गरेका वे तयार भएपछि नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज पार्किङ गरिने विमानस्थलको योजना छ ।

रिमोर्ट पार्किङ वे निर्माण भएपछि विमानस्थलले भोग्दै आएको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१