सरकारले गरिजा र शुशिलको घरबाट सुरक्षाकर्मी हटायो

१९ जेष्ठ २०७६, आईतवार १५:५८ मा प्रकाशित

विराटनगर, १९ जेठ । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाएको छ । नेपाली कांग्रेसका पूर्वसभापति र पूर्वप्रधानमन्त्रीसमेत रहेका दुई कोईराला नेता विश्वेश्वरप्रसाद कोइराला र उनका भाइ गिरिजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासबाट सरकारले सुरक्षाकर्मी फिर्ता गरेको हो ।

कोइराला निवासमा २०५४ सालदेखि राखिएका सुरक्षाकर्मी सरकारले गत बिहिबार फिर्ता गरेको हो । सशस्त्र प्रहरी बलका असइको नेतृत्वमा १३ जनाको टोलीले कोइराला निवासको सुरक्षा दिँदै आएका थिए । कोइराला निवासको जग्गा जमिन बीपीपुत्र शशांक कोइराला, गिरिजाकी छोरी सुजाता कोइराला र शेखरको नाममा छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले गृहमन्त्रालयबाट पत्र प्राप्त भएपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार