‘बिग बोस नेपाल’ले नाम चोरेको भारतीय प्रोडक्सन हाउसको आरोप

१९ जेष्ठ २०७६, आईतवार १३:५९ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । भारतको प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न रोक लगाउन माग गर्दै आईम्याक्सलाइ सूचना जारी गरेको छ । शाइनले आइम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको हो ।

आइम्याक्सले केहि समय अगाडि नेपालमा बिग बोस नेपाल कार्यक्रम सुरु गर्ने घोषणा गरेको थियो । आइम्याक्सले कार्यक्रममा एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेर यो संस्करण नेपालमा ल्याएको बताएको थियो ।

विश्वभर बिग बोसकोे अधिकार आफूसँग गरेको एंडेमोल शाइन ग्रुपको दाबी छ । एंडेमोल शाइनले उक्त लाइसेन्स आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशनलाई नदिएको बताएको छ । बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आखाँ” एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो । आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क “आखाँ” अनुमति बिना बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको एंडेमोलको आरोप छ ।

एंडेमोल शाइनले केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको झुट्टा कागजातहरु हात पारेको बताएको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रीयसन बीचको फ्रयान्चाइज सम्झौता रहेको छ । केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको बताइएको छ ।

एंडेमोलले उक्त कागजातहरु झुटो भएको ठहर गरेको छ र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण र सञ्चालन गर्ने बौद्धक सम्पत्तिको उल्लघंन गरेको ठहरिने भन्दै उसले सचेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ