भाचिएको कुर्सि देखाउँदै सांसदले भने, ‘लडेको चार पटक भयो, ज्यान जोगाई पाउँ’

१९ जेष्ठ २०७६, आईतवार १२:२७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ जेठ । आइतबारको प्रतितिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले फरक खालको गुनासो गरेका छन् । भाँचिएका कुर्सी देखाउँदै उनले फेरिदिएर आफ्नो ज्यान जोगाइदिन सभामुखको ध्यानाकर्षण गराएका छन् । 

भाँचिएको कुर्सी हातमा बोकर अधिकारीले भने, ‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको चार पटक भैसक्यो, अहिलेसम्म दुर्घटना भएको छैन, धन्न बाँचिएको छ, यो कतिपटक भन्नुपर्ने हो ? आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्, यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाइ पाउँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले