नेपालले मेलेसियासँग मैत्रीपुर्ण फुटबल खेल्दै

१९ जेष्ठ २०७६, आईतवार ११:५४ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । नेपालले आज मेलेसियासँग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दैछ । मलेसियाकोे बुरीत जालिल रंगशालामा हुने खेला नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा बरियतामा आफूभन्दा ७ स्थानमाथि रहेको मलेसियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले आजको खेललाई विश्वकप छनौटको तयारीमा रुपमा लिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँग नेपालले खेल्नको लागि खेल्ने नभई जित्नको लागि खेल्न लागिएको बताएका छन् । मलेसिया आफूहरुभन्दा केही बलियो भएपनि नेपालले कडा चुनौती दिँदै जित्न सक्षम रहेको उनको भनाई छ ।

कालिन नेपाली टोलीको प्रशिक्षक भएपछि उनको प्रशिक्षकत्वमा नेपालले यसपटक दोस्रो चोटी मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि गत चैत्रमा पहिलो पटक नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एकमा हार र एकमा बराबरी गरेको थियो ।

यस्तो छ नेपाली टिमः

गोलकिपरः किरण चेन्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डरः विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर/फरवार्डः सुनिल बल, रवि पासपान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविशेक रिजाल, अन्जन विष्ट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति