कोरियन भाषा परीक्षाको केन्द्र तोकिए (सूचीसहित)

१९ जेष्ठ २०७६, आईतवार ११:३५ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ । जेठ २५ र २६ गते हुने परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा गरी ३२ परीक्षाकेन्द्र तोकिएको हो । 

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुने जनाएको छ । यीमध्ये उत्पादनमूकलक क्षेत्रमा ६३ हजार ४८७ र कृषि तथा पशुलापनमा २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने तयारी गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।

हेर्नुहोस् केन्द्रः

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३