रङ्गाशाला नबनाउन विप्लव माओवादीको धुर्मुसलाई चेतावनी

१९ जेष्ठ २०७६, आईतवार १०:५३ मा प्रकाशित

चितवन, १९ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले चितवनको भरतपूरमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रङ्गाशालाको काम रोक्न चेतावनी दिएको छ ।

कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको ‘धुर्मुस सुन्तली फाउडेशन’ले निर्माण गरिरहेको उक्त रङ्गाशालामा केहीदिन अघि तारबार भत्काईएको घटनामा आफूहरुको ऐक्यबद्धता रहेको भन्दै विप्लवले विज्ञप्ती नै निकालेर काम अघि नबढाउन चेतावनी दिएको छ ।

चितवनमा अन्यत्र पनि पर्याप्त जग्गा रहेको भन्दै विश्वविद्यालयको जग्गामा रङ्गाशाला बनाउने काम तत्काल रोक्न र अटेर गरे आईपर्ने परिणामको भागिदार आफँै हुन धुर्मुसलाई चेतावनी दिईएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरस्थित कृषि बन विश्वविद्यालयको जग्गामा रङ्गाशाला बनाउने काम सुरु गरिसकेको छ ।

विज्ञप्तीः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार