खुलामुखी सामुहिक लगानी कोषको इकाई बिक्रि खुला

१९ जेष्ठ २०७६, आईतवार ०८:५८ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । खुलामुखी सामुहिक लगानी कोषको इकाईहरु आज जेठ १९ बाट बिक्रि खुला भएको छ। एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको नामबाट पहिलो पटक खुलामुखी योजना ल्याएको हो । क्यापिटलले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो ।

दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखिएको छ । बाँकि एक करोड २५ लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको र अधिकतम २ लाख ५० हजार इकाईका लागि आवेदन गर्न सकिन्छ। यस निष्काशनमा आवेदन दिनको लागि छिटोमा जेठ २२ गतेसम्मको मिति तोकिएको छ । सो समयसम्ममा आवश्यक माग नपरेको खण्डमा असार १६ गतेसम्म आवेदन दिन सकिने छन् ।

यस निष्काशनमा सम्पूर्ण सि आश्वा सदस्यस्ता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि अनलाईन मार्फत पनि आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार