मोदीलाई भेटर फर्केका ओली चुपचाप निवासतिर

१७ जेष्ठ २०७६, शुक्रबार १९:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ७ जेठ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली केही पनि नबोली विमानस्थलबाट बाहिरिएका छन् । मोदीसँग भेटेर फर्किएका ओली नेपाल एयरलाइन्सबाट विमानस्थलमा उत्रिएलगत्तै पत्रकार सामु कुनै कुनै प्रतिक्रिया नै नदिई बाहिरिएका हुन् ।

विमानबाट उत्रिएर सलामी ग्रहण पश्चात उनी सरकारी मन्त्री र सरकारी अधिकारीसहित विमानस्थलबाट बाहिरिए । विदेशबाट फर्किदा विमानस्थलमा पत्रकारसँग लामो कुरा गर्ने ओली यसपटक नबोली हिड्नुलाई आश्चर्य मानिएको छ ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली बुधबार भारत गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख