मागेको भाडा नपाएपछि चालकद्धारा बीच सडकमा माहिलामाथि कुटपिट

१७ जेष्ठ २०७६, शुक्रबार १७:३८ मा प्रकाशित

महेन्द्रनगर, १७ जेठ । आज एक सवारी चालकले महिलालाई कुटपिट गरेको भिडियो भाईरल भयो । घटना महेन्द्रनगरको हो । धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर महेन्द्रनगर पुगेकी महिलालाई सवारी चालकले बिच सडकमा अपशब्द बोल्दै कुटपिट गरे ।

शुक्रबार मध्यान्ह महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको विङ्गर गाडीका चालक गोकुल बोहराले सडकमै महिलालाई कुटपिट गरेका थिए । महिलामाथि दुब्र्यबहार गर्दै कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि सवारी चालक बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा विवाद भएपछि लक्ष्मी धनाडीलाई कुटपिट गरेको बताएका छन् । प्रहरी निरीक्षक बुढाथापका अनुसार धनगढीदेखि महेन्द्रनगरसम्मको भाडा १४० रुपैया भएपनि चालकले २ सय रुपैयाँ मागेको र महिलाले बढी भाडा दिन्न भनेपछि चालकले कुटपिट गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१