काम नगर्ने ठेकेदारलाई कारबाही गरिन्छः मन्त्री महासेठ

१७ जेष्ठ २०७६, शुक्रबार १६:५३ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रघुवीर महासेठले सार्वजनिक खरिद नियमावली निर्माण व्यवसायीमैत्री नै भएको दाबी गरेका छन् । निर्माण व्यवसायीहरुले संशोधित नियमावली खारेज वा फीर्ता लिन दबाब दिँदै आन्दोलन गरिरहेका बेला संसदको विकास समितिमा मन्त्री महासेठले यस्तो जवाफ दिएका हुन् ।

‘आज सम्झौता गरेर भोलि देखिने काम गर्ने वातावरण बनेको छ । खरिद नियमावलीले यो कुराको ग्याण्टी गरेपछि व्यवसायीलाई नै थप सहजता प्रदान गर्छ’ मन्त्री महासेठले भने, ‘कानुनी रुपमा बाँझिएको पाइएमा त्यसलाई संशोधन गर्न तयार छौँ ।’

मन्त्री महासेठले लामो समयसम्म काम सम्पन्न नगर्ने ठेक्का खारेजीमा जाने बताएका छन् । पुरानो सम्झौताको हकमा भने एकपटक म्याद थप्ने प्रस्ताव गरेको उनको भनाई छ । थपिएको समयमा पनि काम नगरेको खण्डमा भने सम्झौता खारेज गरिने उनले बताए ।

‘सरकार र विभागको निर्देशन नमान्ने, राजनीतिक पावरमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कारबाहीमा पर्छन’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको