परराष्ट्रमा खुल्यो ‘ब्रेन गेन सेन्टर’

१७ जेष्ठ २०७६, शुक्रबार १६:४४ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । सरकारले ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेको छ । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयमा यो सेन्टर स्थापना गरिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सेन्टरको उद्घाटन गरे ।

मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा गैरआवासीय नेपाली मामिला महाशाखा अन्तर्गतको केन्द्रले विदेशस्थित नेपाली विज्ञहरूबारे सूचना सङ्कलन गरी उनीहरूसँग सहकार्य गर्ने योजना बनाउनेछ । मन्त्री ज्ञवालीले यसअघि नै विदेशमा रहेका नेपाली विशेषज्ञलाई केन्द्रको सूचना प्रणालीमा दर्ता हुन आह्वान गरेका थिए ।

यस अनुसार ४५० भन्दा बढी नेपाली विज्ञहरु केन्द्रमा आबद्ध भइसकेका छन् । केन्द्रको सञ्चालनमा गैरआवासीय नेपाली सङ्घलगायतका संस्थासँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३