पार्टी भित्र अनुशासन उलंघन गर्नेको संख्य बढ्यो : कोइराला

२० श्रावण २०६९, शनिबार १५:४४ मा प्रकाशित

पोखरा, २० साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीमा पछिल्लो समय अनुशासन उलंघन गर्नेहरुको संख्य एका एक बढ्दै गएको बताएका छन् । जिल्ला सचिवहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आज पोखरामा उद्घाटन गर्दै सभापति कोइरालाले पार्टीको विधान र अनुशासनलाई सबै नेता र कार्यकर्ताले ध्यान दिनुपर्ने बताए । वरिष्ठ नेता शेरबहादुर देउवा तर्फ संकेत गर्दै उनले पार्टीको विधान र नीति सबैका लागि बराबर रहेको बताए ।
कांग्रेसलाई आन्तरिक रुपमा एकताबदद्ध र मजबुत बनाएर लैजानुपर्ने बताएका कोइरालाले विधान र अनुशासन तोड्ने नेतालाई जिल्ला सभापति तथा सचिवहरुले पनि सचेत बनाउनु पर्ने बताए । ‘तपाईहरु मलाई मात्रै सच्चिन भन्नु हुन्छ,’ उनले भने, ‘अनुशासन भङ्ग गर्ने नेताहरुलाई पनि भन्ने गर्नुस, तपाईहरुले सबैलाई दबाव दिनु पर्छ ।’ आफू पार्टी मिलाएर लैजान हमेसा तयार रहेको बताएका कोइरालाले भने, ‘तपाईहरुले चुनाव जिताएर सभापतिमा पठाउनु भएको हो, यदी काम गर्दा म बाट गल्ती भएको छ भने सच्चिन तयार छु ।’
यद्यपी उनले अनुशासनको उलंघन कोही नेता वा कार्यकर्ताबाट भएको छ भने त्यसलाई जिल्ला सभापति र सचिवहरुले पनि दबाव दिएर भन्नु पर्ने बताए । उनले भने, ‘मलाई मात्रै मिल्न नभन्नुस अरुलाई पनि भन्नुस ।’ काग्रेसलाई आन्तरिक रुपमा मजबुद बनाउन गाउँ तहसम्म संगठनलाई विस्तार गर्न पनि निर्देशन दिएका छन् ।
यसैवीच, सभापति कोइरालाले मुलुकलाई अब कांग्रेसले मात्रै मुलुकको निकास दिने बताएका छन् । उनले निकासका  लागि कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताए । ‘काग्रेस नेतृत्वमा सरकार बनाउन भन्दा सत्तालिप्साको आरोप लाग्ने गर्छ,’ कोइरालाले भने, ‘एमाओवादी र एमालेले दुई, दुई पटक नेतृत्व गरेपनि कुनै निकास दिन सकेनन् त्यसैले काग्रेस अग्रसर भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार