नेकपाको आन्तरिक किचलो छताछुल्ल, सचिवालय बैठक नै सर्‍यो

१७ जेष्ठ २०७६, शुक्रबार १३:४२ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक दुई दिन पछाडि धकेलिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्ष्पकमल दाहाल प्रचण्डको सहमतिमा बैठक जेठ २० गते बस्ने भएको हो ।

शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भनेपछि बैठक १८ गतेको साटो २० गतेलाई सारिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन बिहीबार प्रधानमन्त्री ओली दिल्ली जाने भएपछि बैठक सरेको बताईएको छ । दिल्ली जानुअघि दुई अध्यक्षबीच कुराकानी भएको र कुराकानीमा ओलीले प्रचण्डलाई आफू भारत जानुपरेकाले गृहकार्य गर्न नभ्याइएको भन्दै सचिवालय बैठक २० गतेलाई सार्ने प्रस्ताव गरेको बताईएको छ ।

केही दिन अघि प्रचण्डले एक टिभी कार्यक्रममा केपी ओली र आफूबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमति भएको र १५ महिनापछि ओलीले आफूलाई सत्ता सुम्पने बताएपछि नेकपाभित्र अहिले बहस सुरु भएको छ । प्रचण्डको भनाईलाई नै सदर गर्दै नेता वामदेब गौतमले पनि शुक्रबार प्युठान पुगेर सहमति अनुसार सरकारको नेतृत्व नफेरिए पार्टी एकता भङ्ग हुने बताएपछि नेकपा भित्रको आन्तरिक किचलो छताछुल्ल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ ।

आजको प्रमुख समाचार