म्यानपावर व्यवसायीले कामदार विदेश पठाउन छोडे

१७ जेष्ठ २०७६, शुक्रबार १३:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ जेठ । आन्दोलनरत म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् । व्यवसायीले एक हप्तासम्म कुनै पनि कामदारको विदेश जाने टिकट नकाट्ने भएका हुन् ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्ता (जेठ २३ गते) सम्म पनि आफूहरुका माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन् ।

व्यवसायीले सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने माग गर्दै आएका छन् । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन । ‘शैक्षिक संस्था, बीमाको व्यवसाय गर्नेले धरौटीको ब्याज पाउँछ, हामीले नपाउने भन्ने हुन्छ’ गुरुङले भले ।

व्यवसायीले एक वर्षदेखि बन्द रहेको मलेसियमा कामदार पठाउने प्रक्रिया खुला गर्न, कामदारको मागपत्र ल्याउँदा सरलीकरण गर्न, विदेश पठाउँदा लिइने सेवाशुल्क व्यवहारिक र वैज्ञानिक बनाउन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले