सरकारको नेतृत्व परिवर्तन नभए एकता विथोलिन्छः गौतम

१७ जेष्ठ २०७६, शुक्रबार ११:५६ मा प्रकाशित

प्युठान, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन नभए पार्टी एकता भङ्ग हुने बताएका छन् । उनले आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका हुन् ।

प्यूठानमा पत्रकारसँग कुरा गर्दै उनले ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ, त्यसैले पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यो उल्लंघन हुँदैन ।’ पुर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सहमति नतोडिने दाबी पनि गरे ।

एक टेलिभिजन कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले दुई अध्यक्षले आलोपालो सरकार चलाउनु पर्ने अथवा केपी ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा सार्वजनिक गरेपछि नेकपाभित्र बहस सुरु भएको छ । शीर्ष नेताबाट आधिकारिक धारणा नआएपनि गौतमले प्रचण्डको समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले