नेपाल उद्योग वाणिज्य महासंघ र मिलेनियल इन्डिया अन्तराष्ट्रिय चेम्बरबीच सहमति

१७ जेष्ठ २०७६, शुक्रबार ११:३७ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर ३ र भारतको मिलेनियल इन्डिया अन्तराष्ट्रिय चेम्बर अफ कमर्श, इन्डस्ट्री एन्ड एग्रिकल्चरबीच सहकार्य गर्ने सहमति भएको छ । महासंघको प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इन्डिया अन्तरराष्ट्रिय चेम्बरका अध्यक्ष एम्बेसडर अनिल त्रिगुनायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा व्यावसायिक सूचना आदानप्रदान गर्ने, कृषि क्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका काम गर्ने र दुवै देशमा पालैपालो व्यावसायिक भेटवार्ता गर्ने उल्लेख छ ।

सम्झौताको हस्ताक्षर कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले दुई देशबीचको व्यावसायिक सम्बन्ध विस्तारका लागि सहमति कोशेढुंगा सावित हुने बताईन् । मिलेनियल इन्डिया अन्तराष्ट्रिय चेम्बरका अध्यक्ष त्रिगुनायतले नेपाली समकक्षी संस्थासँग सहकार्य गरेर व्यवसायिक गतिविधि गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।