आलोपालो सरकारको नेतृत्व गर्ने कुरा अशोभनीयः वैद्य

१७ जेष्ठ २०७६, शुक्रबार १०:४४ मा प्रकाशित

बुटवल, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा अशोभनीय भएको बताएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि अध्यक्ष बनेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको विषयले चर्चा पाएसँगै वैद्यले एउटै पार्टी बेनपछि पनि आलोपालो सरकार सञ्चालन गर्ने कुरा गलत भएको टिप्पणी गरेका हुन् ।

‘दुई पार्टीबीच चुनावी गठबन्धन बन्दा केपी शर्मा ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष सरकारको नेतृत्व गर्ने कुरा मिडियामार्फत मैले पनि सुनेको हुँ’, शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘तर, दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद हो ।’

वैद्यले सरकारले ल्याएको बजेटप्रति पनि टिप्पणी गरेका छन् । ‘१५ खर्बको बजेटमा पुँजीगत खर्च ४ खर्ब मात्र छ, त्यो पनि ऋण हो’, वैद्यले भने, ‘यो बजेटले न ब्यापार घाटा घटाउन सक्छ न राष्ट्रिय उद्योगको विकास गर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी