रुम्जाटारमा आजदेखि नियमित उडान सुरु

१७ जेष्ठ २०७६, शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।

तीन वर्षदेखि बन्द रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिएका छन् । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने विश्वास लिईएको छ ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान हुन सकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप उडान थप गर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उनका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौँ उडान हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर