मोदीद्धारा भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण

१७ जेष्ठ २०७६, शुक्रबार ०९:०५ मा प्रकाशित

दिल्ली, १७ जेठ । भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ लिएका छन् । मोदीपछि नयाँ सरकारका मन्त्रीहरुले पनि सपथ लिएका छन् । बिहिबार साँझ राष्ट्रपति रामनाथ कोविन्दले सपथ खुवाएका हुन् ।

पूर्वविदेश सचिव एस जयशंकर पनि मोदी क्याबिनेटमा अटाएका छन् । उनलाई नेपालमा भारतले लगाएको नाकाबन्दीको सूत्राधारको रुपमा चिनिन्छ । मोदी प्रधानमन्त्री रहेको बेला जयशंकर विदेश सचिव थिए र मोदीको बिशेष दुत बनेर नेपाल आएका थिए । ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए । उनी नेपाल मामिलाका जानकार समेत हुन् ।

मोदीका विश्वासपात्र भाजपाका अध्यक्ष अमित शाहले पनि मन्त्रीको सपथ लिएका छन् । पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरी पनि मन्त्री बनेका छन् । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छिन् ।

मोदीले कुल २४ क्याबिनेट मन्त्री, ९ राज्य मन्त्री (स्वतंत्र कार्यभार) र २४ राज्यमन्त्री गरि कुल ५७ जनालाई सपथ दिलाएका हुन । यस संगै मोदीको क्याबिनेट ५८ सदस्यीय भएको छ । मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने