निर्माण व्यवसायीद्धारा बोलपत्र बहिष्कार गर्ने घोषणा

१६ जेष्ठ २०७६, बिहीबार १८:१४ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैठौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईँले जानकारी दिए । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् ।

व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासङ्घमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला सङ्घले प्रजिअमार्फत बुझाउने कार्यक्रम रहेको जनाइएको छ । यसैबीच महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधमा थप सङ्घर्षका कार्यक्रम तय गर्न जेठ २२ गते राष्ट्रिय भेला बोलाएको छ ।

प्रदेश महासङ्घ र जिल्ला सङ्घहरुबाट अध्यक्ष, महासचिवसहित तीन जनाको अनिवार्य उपस्थिति हुने गरी भेला कार्यक्रम तय गरिएको महासङ्घका प्रवक्ता चौलागाईँले बताए ।

आफुहरुले अहिले नेकपा सचिवालय सदस्यसंग खरिद नियमावलीमा भएका केहि व्यवस्था खारेज तथा संसोधनको गर्नका लागि जानकारी गराएको चौलागाईले बताए। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, बामदेब गौतम, नारायणकाजि श्रेष्ठ, बिष्णु पौडेल र झलनाथ खनाललाई भेटेर सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्थाले व्यवसायीलाई परेको पिडा बारे जानकारी गराएका छौँ’ चौलागाईले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१