पर्यटनमा बजेट घटेपछि व्यवसायीले भने, ‘बुझेका मान्छे सरकारमा रहेनछन्’

१६ जेष्ठ २०७६, बिहीबार १५:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ जेठ । सरकारले पर्यटन क्षेत्रमा बजेट घटाएपछि पर्यटन व्यवसायीहरु रुष्ट बनेका छन् । पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले आपत्ति नै जनाएका छन् । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि सरकारले २ अर्ब ६८ करोड मात्रै छुट्याएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले आगामी आर्थिक वर्षका लागि पर्यटनमा भनेर सरकारले विनियोजन गरेको बजेट कुन कुन शीर्षकमा खर्च गर्ने भन्ने यकिन नभएको बताए । उनले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण लक्षित बजेट नआउनुले सरकार पर्यटन उद्योगप्रति अनुदार भएको प्रष्ट हुने बताए । उनले बजेटले भ्रमण वर्ष कागजमै सिमित बनाउन खोजेको आरोप लगाए । उनले सरकारले बजेट र कार्यक्रममार्फन नै पर्यटन क्षेत्रलाई उपेक्षा गर्दा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अलपत्र पर्ने उनको दाबी छ ।

बजेटले पर्यटन उद्योगलाई हेलचक्र्याई गरेको भन्दै लामाले पर्यटन सम्वद्ध नीजि क्षेत्रको मनोबल घटेको दुखेसो गरे ।

ट्रेकिङ एजेन्सूज् एसोसियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम सुवेदीले हिमाली क्षेत्रमा सितल वासस्थान बनाउने सरकारी कार्यक्रम हास्यास्पद भएको बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्वतीय पर्यटकीय स्लथमा पर्यटकलाई गर्मी हुन नदिन सितल बासस्थान बनाउने योजना सुनाएपछि सुवेदीले गर्मी नै नहुने हिमाली क्षेत्रमा सितल बासस्थान के का लागि भन्दै प्रश्न गरेका छन् ।

छिटो आम्दानीको स्रोत पर्यटन भएपनि सरकारले बेवास्ता गर्दा सोचेजस्तो लाभ पाउन नसकिएको उनको भनाई छ । विज्ञ अर्थमन्त्रीले पर्यटनलाई यति धेरै उपेक्षा गर्छन जस्तो नलागेको सुनाउदै बरिष्ठ उपाध्यक्ष सुवेदीले अर्थमन्त्री र बजेट निर्माणकर्ताले पर्यटन नबुझेको दाबी गरे ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यवसायीलाई तपाईहरु यस्ता खालका पर्यटक ल्याउनोस् सरकारले यस्तो सुविधा दिन्छ भन्नुको सट्टा सरकार आफैँ भ्रमण वर्ष असफल बनाउन तल्लिन रहेको उनको आरोप छ ।

टानका महासचिव आङपेम्बा शेर्पाले सरकारले ल्याएको बजेटले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले सरकारको बजेट बनाउने कमिटिमा पर्यटन बुझेका मान्छे नै नभएको दाबी गरे ।

उनले नेपाल भ्रमणको लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी, हिमाल सफाई र पदमार्गको विकास गर्नुपर्ने भएपनि बजेटले यी शीर्षकमा कुनै व्यवस्था नगरेको बताए । सरकारले यसअघि सार्वजनिक गरेको नयाँ सय वटा पर्यटकीय गन्तव्यमा यसअघि बजेट पठाउँदा के के प्रगति भयो र आगामी वर्ष के के काम गर्ने भन्ने योजना बजेटमा समावेश नहुनु दुखद भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना