भगवान खुशी पार्न बालकको बली, हत्यारा धामी पक्राउ

१६ जेष्ठ २०७६, बिहीबार १३:३३ मा प्रकाशित

धनुषा, १६ जेठ । देउतालाई खुशी पार्न भन्दै धनुषामा बालकको बली चढाइएको छ । धनुषाको मिथिला नगरपालिका ६ बस्ने सत्रुधन साहको अढाई वर्षीय छोरा आर्यन समिर साहलाई स्थानीय धामीले बली चढाएपछि धामीलदाई प्रहरीले पक्राउ गरेको छ ।

भगवानलाई खुशी पार्न भन्दै स्थानीय ५५ वर्षीय सत्रुधन महतोले बालकको बली चढाएका थिए । महतोले २३ वैशाखमा बालकलाई अपहरण गरी सोही दिन राति २ बजे बली दिएका थिए । २४ वैशाख बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा बालकको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले ६५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा धामीझाँक्री सिक्दै गरेका महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको हो । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार बालककी आमा रेनुदेवी घाँस काट्न गएको समयमा घरमा कोही नभएको मौकाछोपी महतोले बालकलाई अपहरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार