प्रचण्डले मुख खोले, ‘डेढ वर्षपछि म प्रधानमन्त्री’

१६ जेष्ठ २०७६, बिहीबार १३:२३ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व फेरिने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तर्वाता दिँदै प्रचण्डले पार्टीक एकताका समयमै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सत्ताको नेतृत्व आलोपालो प्रणालीबाट सञ्चालन गर्ने सहमति भएको खुलासा गरेका हुन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भएको थियो । जेठ २ गते नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो ।

गत सोमबार पार्टी कार्यक्रमको सिलसिलामा विराटनगर पुगेका प्रचण्डले “पार्टी एकताका बेला एउटा समझदारी गरेका थियौँ, त्यो सबैलाई थाहा छ, मेरो मुखबाट नबोलाउनूहोस्” भनेका थिए । टेलिभिजन अन्तर्वातामा प्रचण्डले ओली र आफूले साढे दुई–साढे दुई वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका