भट्टराई सरकार ढाल्न जनआन्दोलन नै चाहिन्छ ः मोहनविक्रम

२० श्रावण २०६९, शनिबार ११:४० मा प्रकाशित

काठमाडौं, २० साउन । छिमेकीहरुले मुलुकको राजनीतिमा प्रभाव पार्ने गरेकोले सोचे अनुसार काम गर्न नसकिएको र संविधान पनि बन्न नसकेको भन्दै प्रधानमन्त्रीले स्वीकारोक्ति प्रकट गर्न थालेका बेला उता नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाबुराम भट्टराईले भारतीय विस्तारवादको सहयोगमा सत्ता टिकाइरहेको र अझै टिकाइरहने दाउमा रहेको दाबी गरेका छन् । भारतीय र मधेसी शक्तिको समर्थनमा सत्ता टिकाएर अधिनायकवाद लाद्ने मनस्थितिमा भट्टराई रहेको भन्दै सिंहले एनेकपा माओवादी नेतृत्वको सरकार ढाल्नका लागि अर्को जन आन्दोलनको आवश्‍यकता भएको बताएका छन् ।

बाग्लुङमा आयोजित पत्रकार भेटघाटमा सिंहले वर्तमान सरकार नहट्दासम्म मुलुकको राजनीतिले सही गन्तव्य लिन नसक्ने आफ्नो ठहर रहेको स्पष्ट पार्दै मुलुकमा अहिले राष्ट्रघातको खतरा रहेको दाबी गरे । भारत र मधेसी दलको आडमा वर्तमान सरकारले राष्ट्रियतालाई खतरामा पारेकोमा असन्तुष्टि जनाउंदै सिंहले यही अवस्था रह्यो भने गणतन्त्र सुदृढ होइन झन् धरापमा पर्ने औंल्याए ।  प्रधानमन्त्री राष्ट्रिय सहमतिको सरकारको विपक्षमा रहेकाले तत्काल सहमतिको सम्भावना नरहेको उनले बताए। कुनैबेला भट्टराईका राजनीतिक गुरु रहेका सिंहले प्रधानमन्त्री भट्टराई सरकार छाड्ने मनस्थितिमा नरहेको ठोकुवा गर्दै उनलाई हटाउन माओवादीका विरोधी र तराईइतरका दलहरु मिलेर आन्दोलन गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार