प्रधानमन्त्री ओली भारत जादै

१६ जेष्ठ २०७६, बिहीबार १०:३८ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहिबार भारतको राजधानी नयाँ दिल्ली जादै छन् । भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जाने छन ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

मोदीले आज साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै छन् । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटक उनले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका हुन ।

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख