डिजेल र पेट्रोलको मूल्य बढ्यो

१६ जेष्ठ २०७६, बिहीबार १०:३५ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिबाट नै लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो ।

मूल्य बढेसंगै अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत् पेट्रोलियम पदार्थमा थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति