
काठमाडौँ, १५ जेठ । सरकारी कर्मचारीहरुको तलव बढेको छ । अर्थमन्त्री डा युबराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट मार्फत कर्मचारीको तलव वृद्धि गरिएको बताएका हुन ।
बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८ प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीको तलव २० प्रतिशतले वृद्धि गरिएको छ ।
राजपत्राङ्कित समूहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी पर्दछन् भने राजपत्र अनाङ्कितमा नायव सुब्बादेखि तलका सरकारी कर्मचारी पर्दछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका
काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस