बृद्ध भत्ता बढाउँदा थपियो २२ अर्ब भार

१५ जेष्ठ २०७६, बुधबार १७:०७ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सरकारले ७० वर्षमाथिका नागरिकले पाउने भत्ता एक हजार रुपैयाँ बढाएको छ । यसअघि मासिक २ हजार रुपैयाँ पाउँदै आएका ७० वर्षमाथिका जेष्ठ नागरिकले अब ३ हजार पाउने भएका छन् । डा. युवराज खतिवडाले जानकारी दिए ।

गएको फागुनसम्म यस्तो सामाजिक सुरक्षा भत्ता बुझ्ने नेपाली नागरिकको संख्या २८ लाख १४ हजार ८४ जना थियो ।

यसमा १९ लाख ९३ हजार ७० जना मासिक हजार भत्ता बुझ्नेहरुको भत्ता हजार रूपैयाँले बढाएका छन् । यसमा एकल महिला पनि पर्छन् उनीहरूले २ हजार रूपैयाँ भत्ता पाउने भएका छन् । यसबाट ४७ अर्ब वर्षेनी खर्च गर्नु पर्ने भएको छ ।

त्यस्तै पूर्ण अपांग भएकाहरूले महिनामा २ हजार भत्ता पाउँछन् । यसरी भत्ता पाउनेको संख्या ४३ हजार २२६ जना छ । यसमा राज्यको वर्षमा १ अर्ब ३ करोड ७४ लाख २४ हजार रुपैयाँ खर्च हुन्छ । त्यस्तै ७३ हजार ८६९ आंशिक अपांग भएकाहरूले मासिक ६ सय भत्ता पाउँछन् ।

त्यस्तै लोपोन्मुख आदिवासी जनजातिले पनि अब महिनामा ३ हजार भत्तता पाउने भएका छन् । यस्तो भत्ता बुझ्नेहरू २४ हजार २०४ जना छन् ।

६ लाख ७९ हजार ७१५ जना बालबालिकाले महिनाको ४ सय भत्ता पाइरहेका छन् । यसरी भत्ता बुझ्नेहरू पनि बढाइएको खतिवडाले जानकारी दिएका छन् ।

समाजिक सुरक्षामा सरकारलाई २२ अर्ब दीर्घकालीन भार थपिएको छ। यो वर्ष सरकारको यस्तो खर्च ४२ अर्ब रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।