कांग्रेसी जिल्लासचिवहरुलाई पोखरामा प्रविधि प्रशिक्षण

२० श्रावण २०६९, शनिबार ०९:३१ मा प्रकाशित


काठमाडौं, २० साउन । सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका रुपमा आफूलाई चिनाउंदै आएको नेपाली कांग्रेसले आफ्ना जिल्ला–पार्टीसचिवहरुलाई आधुनिक प्रविधिहरुको ज्ञान दिलाउने भएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका जिल्ला सचिवहरुलाई प्रविधिसम्बन्धी प्रशिक्षण दिन लागेको छ । पोखरामा आजदेखि आगामी सोमबारसम्म चल्ने प्रशिक्षणका लागि ग्लोबल आईटी सोलुसनका प्राविधिकहरु पोखरा पुगिसकेका छन् ।
पार्टीद्वारा केन्द्रबाट पठाइएका कतिपय सर्कुलरहरु कार्यक्रममा त्यसको औचित्य समाप्त भएपछि मात्र जिल्लामा पुग्ने गरेको उल्लेख गर्दै नुवाकोट कांग्रेसका जिल्ला सचिव रमेशकुमार महतले पार्टीलाई राजनीतिसंगै प्रविधि अपनाएर पार्टीलाई आधुनिक ढंगले संचालन गर्न प्रविधि बुझ्नु अपरिहार्य रहेको सन्दर्भमा हुन लागेको तालिम कार्यक्रम आफूहरुका लागि अत्यन्त उपयोगी हुने बताए । संचार–संरचना र कार्यालय संचालन परम्परागत नै रहेकोले त्यसमा सुधार ल्याउन सचिवहरुलाई व्यवस्थापन विधि तथा प्रविधिसम्बन्धी प्रशिक्षण दिन लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
‘देशभरका सचिवलाई विधि र प्रविधिमुखी बनाउन खोजिएको छ’, प्रशिक्षण कार्यक्रमका संयोजक एवम् कास्की कांग्रेसका सभापति यज्ञबहादुर थापाले जनाए । कांग्रेसले व्यवस्थापकीय प्राविधिक शीपसम्बन्धी यस्तो कार्यक्रम पार्टीजीवनको इतिहासमै पहिलो पटक गर्न लागेको हो । सबै जिल्लाको वेवसाइट, इमेल र फेसबुकजस्ता माध्यमबाट पार्टीका आधिकारिक सुचनालाई नेटवर्किङ गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित